दफा ५७
अधिकार प्रत्यायोजन
(१) अनुसन्धान अधिकारीले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन बमोजिम आफूलाई प्राप्त सबै वा केही अधिकार नेपाल सरकारको कुनै अधिकृतस्तरको कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको अधिकार प्रत्यायोजन गर्दा सम्बन्धित कर्मचारीले अधिकार प्रयोग गर्न पाउने प्रादेशिक क्षेत्राधिकार सोही सूचनामा तोकिएबमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिमको अधिकार प्रयोग गर्न पाउने अधिकारी सो प्रयोजनका लागि अनुसन्धान अधिकारीप्रति उत्तरदायी हुनेछ ।